मुख्य समाचार > प्रस्तावित सहमति डा. केसीद्वारा अस्वीकार, वार्ता टोली पुन: बालुवाटार फर्के

प्रस्तावित सहमति डा. केसीद्वारा अस्वीकार, वार्ता टोली पुन: बालुवाटार फर्के

२०७५ साउन १०, बिहिबार काठमाडौँ काठमाडौँ- डा. गोविन्द केसी र सरकार पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको नौबुँदे सहमति डा. गोविन्द केसीले अस्वीकार गरेका छन्। डा. केसी पक्ष र सरकार पक्षबीच भएको नाै बुँदे सहमतिमा उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने मागबारे लचक हुने भनिए पनि डा. केसी यस मागमा टसमस नभएको स्रोतले जानकारी दिएको छ। उनले दस वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा जस्ताको तस्तै राख्नुपर्ने अडान लिएपछि वार्ता टोली पुन: बालुवाटार फर्केको छ।

views: 15


लोकप्रिय समाचार