मुख्य समाचार > डा. केसीसँग नाैबुँदे सहमति, केहीबेरमै टिचिङमा हस्ताक्षर हुने

डा. केसीसँग नाैबुँदे सहमति, केहीबेरमै टिचिङमा हस्ताक्षर हुने

२०७५ साउन १०, बिहिबार काठमाडौँ- डा. गोविन्द केसी र सरकार पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नाै बुँदे सहमति भएको छ। डा. केसीले केहीबेरमै टिचिङ अस्पतालमा सहमतिमा हस्ताक्षर गर्नेछन्। यसका लागि सरकारी वार्ता टोली टिचिङ अस्पताल पुगिसकेको छ। यसअघि सरकारी पक्षले संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसक्ने दोहोर्‍याएपछि डा. केसी पक्षले सरकारको व्यवहार परिवर्तन नभएसम्म वार्तामा नबस्ने घोषणा गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा फेरि वार्ताको वातावरण बनेको हो। प्रधानमन्त्री केपी ओलीले बुधबार राति डा. केसी पक्षलाई भेटेका थिए। डा. केसी पक्षले संसदमा प्रस्तुत विधेयकमा सच्याउनु पर्ने २२ बुँदा सरकारी टोली बुझाएको छ । सरकारी टोलीले ती बुँदामा कुरा नै गर्न नचाहेको केसी पक्षको आरोप छ ।

views: 22


लोकप्रिय समाचार