मुख्य समाचार > मैले किन कर बढाएँ? डा. युवराज खतिवडा

मैले किन कर बढाएँ? डा. युवराज खतिवडा

२०७५ साउन ७, सोमवार देशभरका तिनै तहका सरकार जनतालाई सेवा दिन सक्ने गरी राम्ररी चलाउनु पर्नेछ। त्यसैले पनि हामी कर प्रणालीमा अलिकति आक्रामक भएका छौं। तर दोहोरो र तेहोरो कर लाग्नु हुदैन् भन्नेमा सचेत छौं। करका आधार केन्द्र सरकारमा मात्रै भएर अन्य सरकार सञ्चालमै असर परेको हो भने त्यसका विषयमा छलफल गर्न तयार छौं। तर अहिले सबै सरकारले कानुनको दायर भित्र रहनु नै पर्छ। करका आधार परिवर्तन गर्न संविधान संसोधन गर्नु पर्ने हुन्छ। सरकार कर प्रणालीमा भएको चुहावट नियन्त्रण गर्दै करका नयाँ दायरामा प्रवेश गरेकै हो। करका नयाँ दायरामा प्रवेश नगर्ने हो भने त मुलुकमा मूल्य अभिबृद्धि कर लगाउनु नै हुन्थ्यो। सबै भन्दा चौडा आधार रहेको मूल्य अभिबृद्धि कर उपभोक्ताले तिर्ने कर हो। त्यसलाई कसैले छल्न सक्दैन भनेर लगाइएको थियो। आज मूल्य अभिबृद्धि करले राजस्वमा ठुलो योगदान दिइरहेको छ। त्यो राम्रो हो। जहाँ कर छल्न कठिन हुन्छ, त्यहाँ कर नलगाउने हो भने राज्य चल्न अपठ्यारो हुन्छ। पछिल्लो चरणमा सूचना प्रविधिमा लागेको करमा कुरा उठिरहेको छ। कि त अहिले हामीले कर लगाउनु पर्‍यो र खर्च गर्नु पर्‍यो। होइन भने ऋण लिने र उपभोगमा खर्च गर्नु पर्‍यो। त्यो उपभोगका लागि लिएको ऋण आउने पुस्तालाई कर उठाऊ र तिर भन्नु पर्‍यो। हामीले त्यो चाहेका छैनौं। आज उपभोग गर्ने कुरालाई आजै कर उठाएर तिर्ने हो। आज लगानी गर्ने कुरालाई आजै स्रोत जुटाउने हो। भोलि आउने पुस्तालाई ऋण र करको बोझ बोकाउने होइन। त्यो सिद्धान्तबाट अगाडि बढिरहँदा पनि सरकारले अस्वभाविक ढंगले कर बढाएको छैन। मूलत: बस्तु वा सेवाको मुल्य बढाउने भनेको मूल्य अभिबृद्धि करले हो। त्यो हामीले बढाएका छैनौं। जहाँ हामीले भ्याट फिर्ता दिदैनौं भनेका छौं, त्यहाँ केही बस्तुको मुल्यमा असर पर्नु स्वभाविक हो। त्यो बाहेक कुनै पनि बस्तु तथा सेवाको मूल्यमा असर पर्नु हुदैन। हाम्रोमा बजेट आए लगत्तै बजेटका कारणले मूल्य बढाउने चलन नै छ। अहिले बजारमा आएको परिवर्तन त्यसै चलनको परिणति हो। बजारका आएको दबाब मैलै बुझेको छु। कहिले कही त्यो सिजनल पनि हुन्छ। त्यसैले बजेटले मूल्य बृद्धि गर्‍यो भन्नु स्वभाविक हुँदैन।

views: 82


लोकप्रिय समाचार